ट्रकमा राखेर जिल्ला वाहिर लैजादै गरेका ६ वटा भैंसी मरे

अस्मित सिजापति । २८ बैशाख दैलेख
दैलेखको गुराँस गाउँपालिकाको रिठ्ठामा ६ वटा भैंसी मरेका छन् । ट्रकमा राखेर दैलेखबाट जिल्ला बाहिर लैजादै गर्दा ६ वटा भैंसी ट्रकमै मरेको जनाईएको छ । बर्दियाको गुलरिया नगरपालिका ६ का व्यापारी आपताप कुरेसीले भगवतीमाई र नौमूले गाउँपालिकावाट खरिद गरेर जिल्ला वाहिर लैजादै गरेका भैंसी मरेको व्यापारी कुरेसीले वताए ।
जिल्ला वाहिर लैजादै गरेका भैंसी दैलेखको गुराँस गाउँपालिकाको रीठ्ठा नजिक मरेको व्यापारी कुरेसीले वताए । जिल्ला बाहिर लैजादै गरेको भैंसी मरेको र पोष्ट मार्टमका लागि खबर आएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख प्रचण्ड खड्का क्षेत्रीले जानकारी दिए । भैंसी के–कति कारणले मरेका हुन् भनेर पोष्ट मार्टम पछि मात्रै थाहा हुने कार्यालय प्रमुख क्षेत्रीले बताए ।
जिल्ला बाहिर कति पशु पंक्षी निर्यात हुन्छन् र कति पशु पंक्षी आयात हुन्छ सोको स्पष्ट डाटा सरोकारवाला निकायसँग नरहेको जानकारहरु वताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *