तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरू

मातृभूमी संवाददाता । ०४ जेठ दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लाँकुरी स्वास्थ्य चौकीमा ४० वर्ष माथीका सम्पूर्ण नागरीकहरुका लागि नसर्ने रोग सम्बन्धी तिन दिने निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरिएको हो । आईतबारदेखी सुरु भएको शिविरमा पहिलो दिन १ सय १२ जना महिला र ७२ जना पुरुष गरी १ सय ८४ जनाले स्वाथ्य परीक्षण गरेका छन् ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय दैलेख र डुङ्गेश्वर गाउँपालिकाको समन्वयमा शिविर संचालन भएको हो । शिविर जेठ ६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय दैलेखका सूचना अधिकारी दिपक कार्कीले जानकारी दिए । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, उच्च रक्तचाप, मधुमेह, सुगर जाँच र मृगौला सम्बन्धि रोगको लागि पिसावमा सुगर र प्रोटिन लगायतको जाँच भैरहेको लाँकुरी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक बालकृष्ण विष्टले जानकारी दिए ।
शिविरको पहिलो दिन उच्च रक्तचापका ४३ जना, मधुमेहका १४ जना र मृगौला सम्बन्धि रोगका १३ जना विरामीको चेकजाँच गरेको जनस्वास्थ्य निरीक्षक विष्टले बताए । जाँचका क्रममा बिरामीलाई थप उपाचार र जाँचको लागी दैलेख अस्पताल जान सल्लाह सुझाव दिएको जनस्वास्थ्य निरिक्षक विष्टले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *