निःशुल्क स्वास्थ्य शिविर ५ सय ५५ जना लाभान्वित
मातृभूमी संवाददाता । ०७ जेठ दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लाँकुरी स्वास्थ्य चौकीमा ४० वर्ष माथीका नागरीकहरुका लागि नसर्ने रोग सम्बन्धी तिन दिने निःशुल्क स्वाथ्य शिविर सम्पन्न भएको हो । यहि जेठ ४ गतेदेखी सुरु भएको शिविरमा ५ सय ८२ जनाले स्वाथ्य परीक्षण गरेका छन् ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय दैलेख र डुङ्गेश्वर गाउँपालिकाको समन्वयमा शिविर संचालन भएको हो । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, उच्च रक्तचाप, मधुमेह, सुगर जाँच र मृगौला सम्बन्धि रोगको लागि पिसावमा सुगर र प्रोटिन लगायतको जाँच भैरहेको लाँकुरी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक बालकृष्ण विष्टले जानकारी दिए ।
शिविरमा उच्च रक्तचापका १ सय ११ जना, मधुमेहका ४४ जना र मृगौला सम्बन्धि रोगका १ सय ४ जना र दमका ५ जना विरामीको चेकजाँच गरेको जनस्वास्थ्य निरीक्षक विष्टले बताए । जाँचका क्रममा बिरामीलाई थप उपाचार र जाँचको लागी दैलेख अस्पताल जान सल्लाह सुझाव दिएको जनस्वास्थ्य निरिक्षक विष्टले वताए ।

