हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित
मातृभूमी संवाददाता । ०७ जेठ दैलेख
दैलेखमा वुधवार विहान चलेको हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । वुधवार विहान चलेको हावाहुरीले दैलेखको डुङ्गेश्वर गाउँपालिका २ को भैरवदेवी प्राथामिक विद्यालयको तिन कोठे भवनकाे छाना उडाएपछि पठनपाठन प्रभावित भएको हो । हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक नवराज विष्टले जानकारी दिए ।
कक्षा ५ सम्म पढाई हुने विद्यालयको हावाहुरीले टिनको छानो उडाएको हो । विद्यालयको छाना हावाहुरीले उडाएपछि पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक विष्टको भनाई छ । गाउँपालिकाले तत्काल छाना नहाल्ने हो भने पठनपाठन गर्न नसकिने उनको भनाई छ ।
हावाहुरीले छाना उडाउदा ५ लाख बराबरको क्षति भएको डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष यामबहादुर विष्टले जानकारी दिए । टिनको छाना उडाउँदा पुस्तकालयका सामान, डेस्कबेन्च लगायत अन्य शैक्षिक सामग्री पनि भिजेर काम नलाग्ने भएको वडाध्यक्ष विष्टको भनाई छ ।

