बगैंचा व्यवस्थापन सम्वन्धी एक दिने तालिम सम्पन्न

मातृभूमी संवाददाता । २३ जेठ दैलेख
दैलेखमा काष्ठफल तथा फलफूल विकास आयोजनामा कर्णाली प्रदेश स्तरीय कार्यान्वयन इकाईले एक दिने सुन्तला जात फलफूल बगैंचा व्यवस्थापन सम्वन्धी एक दिने तालिम सम्पन्न भएको छ । तालिममा २२ जना कृषकहरुको सहभागिता रहेको थियो ।
सुन्तला खेतीका लागि हावापानी, माटो, मल, गोडमेल लगायतका बगैंचा व्यवस्थापन विषयमा कृषि विज्ञ बासुदेव शर्मा, कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डे, कर्णाली प्रदेश स्तरीय कार्यान्वयन इकाईका कृषि रामबहादुर थापाले तालिमको सहजीकरण गरेका थिए ।

संघीय कृषि कार्यक्रम अन्तरगत पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामा कर्णाली प्रदेश स्तरीय कार्यान्वयन इकाईले दैलेखको नारायण नगरपालिकाका कृषकहरुलाई तालिम दिएको हो ।

