दैलेखमा औधोगिक प्रदर्शनी प्रतियोगिता सम्पन्न
मातृभूमी संवाददाता । २५ जेठ दैलेख
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले आयोजनामा संचालित दुई दिने लघु उद्यम मेला सम्पन्न भएको छ । दैलेख सदरमुकाममा रहेको कार्यालय हाता भित्र संचालित दुई दिने लघु उद्यम मेला सम्पन्न भएको हो । जिल्लाका २३ जना उद्यमीहरुले आफ्ना उत्पादन र बस्तुहरु प्रदर्शनीमा राखेका थिए ।
लघु उद्यमीले उत्पादन गरेका वस्तुहरुको वजारीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख शंकर वहादुर थापाले वताए । प्रदर्शनीमा प्रथम हुने लघु उद्यमीलाई नगद बीस हजार र प्रमाणपत्र, द्धितिय हुने लघु उद्यमीहरुलाई नगद दश हजार र प्रमाणपत्र र तृतिय हुने लघु उद्यमीहरुलाई सात हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रदर्शनी मेलामा एम.के. फुटवेर नारायण नगरपालिका १ दैलेख प्रथम, मालिका अल्लो प्रशोधन तथा कपडा वुनाई उद्योग नौमूले गाउँपालिका १ दैलेख र हरिचक्र एग्रो एण्ड डेरी उद्योग भैरवी गाउँपालिका ७ दैलेख द्धितिय र छवि छाला जुत्ता चप्पल उद्योग भैरवी गाउँपालिका ४ दैलेख र कृष्णा होजियारी उद्योग डुङ्गेश्वर गाउँपालिका १ दैलेखले तृतिय स्थान हाँसिल गरेको कार्यालय प्रमुख थापाले जानकारी दिए ।
जिल्ला २३ जनाले प्रदर्शनी मेलामा आफुले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखेका थिए । २३ जना मध्ये १६ जनाले प्रतिष्पर्धामा भाग लिएका थिए भने ७ जनाले प्रतिष्पर्धामा भाग नलिएको कार्यालय प्रमुख थापाले वताए ।

