दैलेखमा अवैध गाँजा नष्ट

मातृभूमी संवाददाता । ९ श्रवाण दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेखले अवैध रुपमा लगाएको गाँजा नष्ट गरेको छ । महाबु गाँउपालिका ४ को बाथथला, यसीडाँडा र बुढा टोलमा लगाएको अबैध गाँजा नष्ट गरेको हो ।
अवैध रुपमा लगाएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बरालले जानकारी दिए । पछिल्लो समय दैलेख प्रहरीले अवैध लागु औषध गाँजा सहित लागु औषध नियन्त्रण गर्न अभियान समेत सञ्चालन गरेको डिएसपी बरालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *