नेपाली काँग्रेस दैलेखका पूर्वसभापति रबीन्द्रराज श्रेष्ठको निधन
मातृभूमी संवाददाता । २७ श्रवाण दैलेख
नेपाली काँग्रेस दैलेखका पूर्वसभापति रबीन्द्रराज श्रेष्ठको ७७ वर्षको उमेरमा निधन भएको छ । सुगर र प्रेसरले ग्रसित श्रेष्ठ उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा सोमबार साँझ निधन भएको हो ।
नेपाल परिवार नियोजन संघ, नेपाल रेडक्रस सोसाइटी दुइटै संस्थाको दैलेख शाखाका संस्थापक जिल्ला सभापति, नारायण क्याम्पस सञ्चालक समितिका सदस्य, सदरमुकामको त्रिभुवन माविको विद्यालय व्यवस्थापन समितिका सभापति जस्ता सामाजिक काममा समेत विशेष योगदान रहेका श्रेष्ठ अत्यन्तै सरल र मृदूभाषी मानिएका थिए ।
सदरमुकामको त्रिभुवन मावि दैलेखबजारमा सहायक अध्यापक, सीता जनसहयोग मावि अवलपराजुलको प्रधानाध्यापक समेत करिब ५ वर्ष शिक्षण पेशा गर्नुभएका श्रेष्ठ बहुदलपछि २०४९ देखि २ वर्ष नेपाली काँग्रेसको जिल्ला सभापति समेत रहेका थिए । २०५१ को मध्यावधि चुनावमा नेपाली काँग्रेसको बागी उम्मेदवार बनेको उनको सभापति खोसिएको थियो ।
२०६४ को पहिलो संविधानसभा, २०७० मा दोश्रो संविधानभाको सदस्य र २०७९ मा कर्णाली प्रदेशसभा सदस्यान समानुपातिक साँसद पदमा उम्मेदवार बनाए पनि अन्तिम सूचीमा नाम नपारेको विषयमा काँग्रेसबृत र उहाँ शुभचिन्तकहरुले उहाँको सादगीपन र काँग्रेसमा उहाँको राजनीतिक योगदानको सम्मान नगरेको भनी टिप्पणी हुने गरेको थियो ।
२०४० साल अघि स्नातक गरेको शिक्षित, भद्र, सुशील रबीन्द्रराज श्रेष्ठ गान्धीवादी जीवनशैली व्यक्तिको रुपमा स्थापित भएको थिए । उनका एक श्रीमती कमला श्रेष्ठ, एक मात्र छोरी रश्मी श्रेष्ठ, दुई छोराहरु नारायण श्रेष्ठ र आलोक श्रेष्ठ समेतबाट ३ वटा नाति र २ वटा नातिनीहरु रहेको छन् । स्वर्गीय श्रेष्ठको जन्म २००५ साल पुस ५ गते दैलेखमा भएको थियो । नपारेको विषयमा काँग्रेसबृत र शुभचिन्तकहरुले उनको सादगीपन र काँग्रेसमा उनको राजनीतिक योगदानको सम्मान नगरेको भनी टिप्पणी हुने गरेको थियो ।

