महावु गाउँपालिकामा तिज गीत प्रतियोगिता हुने
मातृभूमी संवाददाता । ०३ भाद्र दैलेख
नेपाली महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा दैलेखको महावु गाउँपालिकाले तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । कार्यक्रम यहीँ २०८२ भदौ ७ गते शनिबार सम्पन्न हुने बताइएको छ ।
गाउँपालिकाका अनुसार प्रतियोगितामा भाग लिन चाहने समूहहरूले भदौ ७ गते बिहान भित्र निःशुल्क दर्ता गरिसक्नुपर्ने छ । प्रतियोगितामा सहभागी हुने हरेक समूहमा कम्तीमा ७ जना सदस्य हुनु पर्ने छ भने प्रस्तुतिको अधिकतम समय २० मिनेट तोकिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रथम स्थान हासिल गर्ने समूहले १० हजार र प्रमाणपत्र, द्धितिय स्थान हासिल गर्ने समूहले ७ हजार र प्रमाणपत्र, तृतिय स्थान हासिल गर्ने समूहले ५ हजार र प्रमाणप्रत्र र सान्त्वना स्थान हासिल गर्ने समूहले ३ हजार र प्रमाणप्रत्र प्राप्त गर्ने छन् । गाउँपालिकाले तिज जस्तो सांस्कृतिक पर्वको महत्वलाई उजागर गर्न तथा स्थानीय प्रतिभा प्रस्तुत गर्ने अवसर दिन कार्यक्रम आयोजना गरको प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले जानकारी दिए
प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि ९८४१८६४७७८ नम्बरमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

