घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा गणेश कोइराला निर्वाचित

मातृभूमी संवाददाता । ०२ भाद्र दैलेख
नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा गणेश कोइराला निर्वाचित भएका छन् । दैलेख सदरमुकाममा भएको तेस्रो जिल्ला सम्मेलनबाट कोईरालाको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा शुशु कुमारी बुढा, उपाध्यक्षमा पुर्णकला बुढा मगर, कोषाध्यक्षमा नन्दा कुमारी बुढा, महासचिवमा पदम बहादुर सुनार, निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा धर्म नेपाली, जैसरा आर्चाय, उदय बहादुर खड्का, आशा शाही, रचना नेपाली हिमराज शाही, टीकादेवी जैसी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी, महासंघकै केन्द्रिय प्रतिनिधि याम बहादुर मल्ल, प्रकाश न्यौपाने, शुवास कुमार थापा, निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधि झलक भण्डारी, राजन कुमार खड्का, शेर बहादुर कठायत निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष कोइरालाले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरूको हक हितमा काम गर्ने बताए । महासंघको उपस्थितिलाई व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्नेमा जोड दिए ।
महासंघको कार्यक्रममा उद्योग, वाणिज्य संघ दैलेका अध्यक्ष नकेन्द्र मल्ल, नारायण नगरपालिका १ का वडाध्यक्ष सन्देश कुमार श्रेष्ठ (शैलेश), नारायण बहुमुखी क्याम्पस दैलेखका प्रमुख नर बहादुर शाही, महासंघका प्रदेश प्रतिनिधि राधा श्रेष्ठ, उद्योग हकहितका कार्यकारी प्रमुख प्रेम विष्ट लगायतको सहभागीता रहेको थियो ।

