एक महिने लामो वर्षे मेला सकियो
मातृभूमी संवाददाता । ०२ भाद्र दैलेख
दैलेखमा तिन सय बर्ष देखि संचालन हुँदै आएको महत्वपुर्ण सँस्कृति मानिने एक महिने लामो बर्षे मेला सम्पन्न भएको छ । भगवान श्री कृष्णको जन्मलिला सँग सम्वन्धित मेला आईतबार सम्पन्न भएको हो । शनिबार राती १२ बजे श्री कृष्णको जन्म गराई आईतबार कृष्णले लाखेको बध गरेपछि मेला सम्पन्न हुने गर्दछ ।
न्यू ज्वाला क्लब, भगवती युवा क्लब, एभरेस्ट क्लब र सुनगाभा युवा क्लब दैलख गरी ४ वटा स्थानीय क्लबहरूले मेला सञ्चालन गर्दै आएका छन् । मेलामा आपसी भेटघाट, व्यापार व्यवसाय, स्थानीय बासिन्दाहरुले उत्पादन गरेका ढोको, नाम्लो, राडी, पाखी लगायतका सामानहरु बिक्रि बितरण समेत गरिएको छ ।
मेला पुरानो बजारको खुल्ला मञ्च टुँडिखेल, जिल्ला प्रहरी कार्यालय पछाडी छात्रवास, गणेश चौक, रामपुर डाडाँ, डुङ्गेश्वर गाउँपालिकाको चुप्रा, देउली बजार, माथिल्लो डुङ्गेश्वर बजार, भगवतीमाई गाउँपालिका १ बेस्तडा बजार, नौमुले गाउँपालिका, दुल्लु नगरपालिका लगायतका विभिन्न अन्य १० भन्दा धेरै स्थानहरुमा लाखेको बिर्षजन गरिएको थियो ।
मेला अवधिभर हुने विभिन्न झैँ–झगडा न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले विशेष सुरक्षा सतर्कता अपनाएका कारण कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।
तस्बिरमा मेला :


