दैलेखमा मिनिबस दुर्घटना हुँदा ४ जना घाइते

मातृभूमी संवाददाता । ०३ भाद्र दैलेख
दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका ३ देउराली नजिक मिनिबस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । चाल्ने चौताराबाट सुर्खेत जाँदै गरेको मिनी बस चामुण्डा बिन्द्रासैनि नगरपालिका ३ देउराली नजिक दुर्घटना हुँदा ४ जना जना घाइते भएका हुन् ।
कर्णाली प्रदेश ०२–००१ ख ०१७० नम्बरको मिनी बस चामुण्डा बिन्द्रासैनि नगरपालिका ३ देउराली नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
दुर्घटनामा परी चामुण्डा बिन्दासैनी नगरपालिकाकी २७ वर्षीया मिना बिष्ट, सोही नगरपालिका १ बस्ने ४२ बर्षीय सुरेन्द्र शाही, सोही नगरपालिका २ बस्ने २४ वर्षीया निर्मला सुवेदी, सोही नगरपालिका ४ बस्ने ७० वर्षीया पुन्टी शाही घाइते भएको डिएसपी बरालले बताए । घाइते सबैको अवस्था सामान्य रहेको डिएसपी बरालको भनाई छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको दुल्लु अस्पतालमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *