महावु ३ का सामाजिक सुरक्षा लाभग्राहीको नविकरण सुर्खेतको विरेन्द्रनगरमा गरिंदै

मातृभूमी संवाददाता । १२ भाद्र दैलेख
महावु गाउँपालिका ३ ले सुर्खेतको विरेन्द्रनगरमा सामाजिक सुरक्षा भक्ता पाउने लाभग्राहीको सामाजिक सुरक्षा भक्ता नविकरण शिविर संचालन गर्ने भएको छ । महावु गाउँपालिका ३ ले बिहीवारदेखी यहि भाद्र १४ गतेसम्म तीन दिन सामाजिक सुरक्षा भक्ता पाउने लाभग्राहीको सामाजिक सुरक्षा भक्ताको नविकरण शिविर संचालन गरेको वडाध्यक्ष कृष्ण कुमार दाहालले वताए ।
सुर्खेत र बाँके तथा आसपासका जिल्लामा वसोवास गर्ने तर दैलेखको महावु गाउँपालिका ३ बाँसीबाट सामाजिक सुरक्षा भक्ता खाईपाई आएका लाभग्राहीको भक्ता नविकरण शिविर भाद्र १२, १३ र १४ गते तीन दिन गरिने वडाध्यक्ष दाहालले वताए ।
बीरेन्द्रनगर नगरपालिका ६ को वडा कार्यालयमा सामाजिक सुरक्षा भक्ता परिचय पत्र नबिकरण भाद्र १२, १३ र १४ गते सम्म तीन दिने संचालन हुने शिविरमा सुर्खेत, बाँके, बर्दिया, लुम्बिनी र सुदुरपिश्चम प्रदेशमा बसोवास गर्ने महावु गाउँपालिका ३ बाँसीका सबै सामाजिक सुरक्षा लाभग्राहीहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *