बक्यौता महसुल वुझाउन भदौ २० गतेसम्म अन्तिम अल्टिमेटम
मातृभूमी संवाददाता । १५ भाद्र दैलेख
नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बक्यौता महसुल वुझाउन सार्वजनिक सूचना जारी गरेको छ । यहि भदौ १४ गते भएको संस्थाको निर्णय वमोजिम यहि भदौ २० गते भित्र बक्यौता महसुल वुझाउन सार्वजनिक सूचना जारी गरेको हो । यहि भदौ २० गते भित्र बाँकी बक्यौता महसुल नवुझाएका उपभोक्ताको धारा काटिने सूचनामा उल्लेख छ ।
गएको साउन १५ गते बक्यौता महसुल नतिर्ने उपभोक्ताको नाम सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरेको थियो । संस्थाले अहिले संस्थागत निर्णय गर्दै यहि भदौ २० गते भित्र बक्यौता महसुल एकमुष्ट भुक्तानी गर्न अनुरोध गर्दै धारा कटौतीबाट जोगिन भनेको छ । सामाजिक संजाल फेसवुक मार्फत सूचना सार्वजनिक गर्दै एकमुष्ट बक्यौता महसुल वुझाउन अनुरोध गरिएको छ ।


