कर्णाली राजमार्ग फेरी अबरुद्ध
मातृभूमी संवाददाता । १८ भाद्र कालिकोट
पहिरोले कर्णाली राजमार्ग फेरी अबरुद्ध भएको छ । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड अर्न्तगत कालीकोटको शुभकालिका गाउँपालिका १ गगने खोलामा मंगलबार दिउँसो खुलेको सडक फेरी अवरुद्ध भएको हो । मंगलवार दिउँसो खुलेको सडक बेलुका साँझ ६ बजे फेरी पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको जनाईएको छ ।
कर्णाली राजमार्गको कालेखोलामा भासिएको सडकमा ग्याबिन पर्खाल हालेर शनिबार दिउँसो सञ्चालनमा आएको राजमार्ग शनिबार राति ९ बजे गगने खोलामा फेरी पहिरो गएर सडक अवरुद्ध भएको थियो । शनिवारदेखि मंगलबार दिउँसो सम्म सडक अबरुद्ध भएको थियो । दिउँसो केही समय सडक खुलेपनि बेलुका ६ बजे परेको बर्षासंगै आएको पहिरोका कारण फेरी राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

