शिक्षा विधेयकलाई लिएर दैलेखमा बृहत खबरदारी सभा

मातृभूमी संवाददाता । १८ भाद्र दैलेख
विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै दैलेखका निजि विद्यालयहरु आन्दोलित भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै दैलेख सदरमुकाममा सडक आन्दोलन गरेका हुन् ।
दैलेखका निजि विद्यालय संचालक, शिक्षक र कर्मचारीहरु ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गर्दै र्‍यालि सहित नगर परिक्रमा गरेका थिए । विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्रीहरू उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने प्याव्सनका केन्द्रिय सदस्य सुवास कुमार थापाले वताउनुभयो ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिमा पारित हुने चरणमा रहेको छ । तर, सरोकारवालाहरूले केही विषयमा असन्तुष्टि जनाएपछि समितिबाट यो विधेयक पारित हुन सकेको छैन ।
केन्द्रिय सदस्य थापाले ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने खारेज गर्नुपर्ने माग राख्दै दैलेख सदरमुकाममा वृहत खवरदारी सभा गरेको वताए ।
यस्तै उनले छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने लगाएत व्यवस्था खारेज गर्नुपर्ने माग राख्दै दैलेख सदरमुकाममा वृहत खवरदारी सभा गरेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *