एभरेस्ट महिला भलिबल लिग : मधेशलाई हराउँदै ललितपुरको विजयी शुरुवात

मातृभूमी संवाददाता । २० भाद्र पोखरा
शुक्रवारदेखि पोखरामा शुरू भएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा ललितपुरको क्वीन्सले विजयी शुरुआत गरेको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको दोस्रो खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हरायो ।
ललितपुरले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित्यो । आजै भएको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविसले पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा हराउँदै विजयी शुरुवात गरेको छ ।
प्रतियोगितामा कर्णाली, पोखरा, ललितपुर, मधेश, काठमाण्डौ स्पाइकर्स र लुम्बिनी लाभाज गरी ६ वटा टोली छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *