सामाजिक लेखा परीक्षण तथा अभिभावक भेला सम्पन्न
मातृभूमी संवाददाता । २० भाद्र दैलेख
दैलेखको नारायण नगरपालिका ११ मा रहेको वडाभैरव आधारभूत विद्यालयमा सामाजिक लेखा परीक्षण तथा अधिभावक भेला सम्पन्न भएको छ । सामाजिक लेखा परीक्षण तथा अभिभावक भेलामा विद्यालयको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक आयव्यय विवरण, शैक्षिक विवरण प्रस्तुत गरिएको विद्यालयका प्राधानाध्यापक मनसरा थापा मगरले वताएकी छन् ।
विद्यालयको आय ३७ लाख ७६ हजार २ सय ७६ रुपौंयाँ १० पैसा रेहको छ भने बैंक मौज्दात २ लाख ३१ हजार २ सय ५३ रुपौंयाँ ७६ पैसा रहेको प्राधानाध्यापक थापाले वताउनुभयो । गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारको आवश्यकता अपरिहार्य रहेको बताउँदै विद्यालयको आर्थिक पारदर्शितालाई चुस्त दुरुस्त राख्ने प्राधानाध्यापक थापाले प्रतिबद्धता जनाईन् ।
साथै शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक, विद्यार्थी, अभिभावक तथा संघसंस्थाको महत्वपूर्ण भूमिका रहने कुरालाई जोड दिदै शैक्षिक गुणस्तरको विकासका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने र सबैसँग हातेमालो गरी अघि बढ्ने उनले बताईन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनधरा मल्लले सुशासनको पहिलो कडी सार्वजनिक सुनुवाई भएकाले पहिलो प्रयासमा गरिएको कोशिसलाई सबैले सकरात्मक रुपमा लिनुपर्नेमा जोड दिईन् । उनले विद्यालयको भौतिक संरचना निर्माण तथा व्यवस्थापनमा आफूले उल्लेख्य सहयोग गरेको र भविष्यमा यस्ता कार्यमा डटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सामाजिक लेखा परीक्षणको संयोजक विर बहादुर विष्ट, सदस्यहरु दिर्घ बहादुर मल्ल, मिना तिरुवा, विर बहादुर रोकाया, तेज बहादुर शाही र विद्यार्थी सदस्य देबिका रोकाया रहेका थिए ।

