बक्यौता महसुल नवुझाउने उपभोक्ताको धारा काट्न सुरु

मातृभूमी संवाददाता । २१ भाद्र दैलेख
नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बक्यौता महसुल नवुझाउन उपभोक्ताको धारा काट्न सुरु गरेको छ । संस्थाले यहि भदौ १४ गते भएको संस्थाको निर्णय वमोजिम यहि भदौ २० गते भित्र बक्यौता महसुल वुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाको अबज्ञा गर्दै बक्यौता महसुल नवुझाएका उपभोक्ताको धारा काट्न सुरु गरेको संस्थाका कार्यालय प्रमुख ई.राजन खड्काले जानकारी दिए ।
गएको साउन १५ गते बक्यौता महसुल नतिर्ने उपभोक्ताको नाम सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरिएको थियो । सामाजिक संजाल फेसवुक मार्फत सूचना सार्वजनिक गर्दै एकमुष्ट बक्यौता महसुल वुझाउन अनुरोध गरेको थियो । बक्यौता महसुल नवुझाएका उपभोक्ताको धमाधम धारा काट्ने काम भैरहेको कार्यालय प्रमुख ई.खड्काले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *