दैलेख सदरमुकाममा पनि सेना परिचालन
मातृभूमि संबाददाता । २५ भाद्र दैलेख
दैलेख सदरमुकाममा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा देशभर भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेना लगायतका सुरक्षा निकाय परिचालित भएका हुन् ।
काठमाडौ उपत्यका लगाएत देशका ठुला शहरमा सेनाले घर र गल्ली बाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।

आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।
रास्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै दैलेख सदरमुकाममा पनि नेपाली सेनाले गस्ती गरिरहेको छ । अहिले सदरमुकाम सुनसान छ । फाट्टफुट्ट बाहेक आम नागरिक घर बाहिर निस्किएका छैनन् । बुधबार नारायण नगरपालिकाले सार्बजनिक बिदा समेत दिएको छ ।

