ठाटिकाँधमा तीन दिने विपद् पूर्व तयारी योजना गोष्ठि सम्पन्न
मातृभूमी संवाददाता । २९ असोज दैलेख
दैलेखको ठाटिकाँध गाउँपालिकामा तीन दिने विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न भएको छ । तीन दिने गोष्ठिमा प्राकृतिक विपद्को समयमा अपनाउनुपर्ने विभिन्न कार्यहरु, विपद् व्यवस्थापन कसरी गर्ने र नागरिकको कर्तव्य के हुने लगाएतका विषयमा छलफल भएको जनाईएको छ ।
गाउँपालिकाको विपद् व्यवस्थापन शाखाको आयोजनामा संचालित गोष्ठिमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, गाउँपालिकामा क्रियाशिल राजनैतिक दलका प्रमुख प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष देविराम बडुवालको अध्यक्षतामा सम्पन्न गोष्ठिको सहजिकरण विपद् व्यवस्थापन शाखा प्रमुख दिपक कुमार रावलले गरेका थिए ।

