चाडपर्व लक्षित ठाँटिकाँध बजार अनुगमन

मातृभूमी संवाददाता । २९ असोज दैलेख
नेपालीहरुको महान् चाड दशैंतिहारलाई लक्षित गर्दै ठाँटिकाँध गाउँपालिकाको मुख्य बजार क्षेत्र अनुगमन गरिएको छ । गाउँपालिकाको केन्द्र ठाँटिकाँध बजारको अनुगमन गरिएको हो । अनुगमनका क्रममा खाद्यान्न तथा खुद्रा पसल, होटल, मेडिकल, मासु पसल लगायतका पसलहरुको निरीक्षण गरिएको ठाँटिकाँध गाउँपालिकाका उपाध्यक्ष देवीराम वडुवालले जानकारी दिए ।
अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्री, गुणस्तरहिन वस्तु तथा करको दायराभित्र नरहेका व्यापारीहरूलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको उपाध्यक्ष वडुवालले बताए । उपभोक्ताको हितलाई ध्यानमा राख्दै नियमित बजार अनुगमनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले बताए । उनले बजारमा उपलब्ध वस्तुहरू नियमानुसार बिक्री वितरण भईरहेको छ कि छैन भन्ने तथ्यांक संकलन गर्न पनि अनुगमन गरिएको जानकारी दिए ।
गाउँपालिकाका उपाध्यक्ष वडुवालको संयोजकत्वमा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय, जिल्ला प्रशासन कार्यालय दैलेख र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनिधि तथा पालिकाका विभिन्न शाखा प्रमुखहरूको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *