७० औं प्रहरी दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
मातृभूमी संवाददाता । २९ असोज दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेखले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा सरसफाई तथा वृक्षारोपण गरेको छ । नारायण नगरपालिका १ स्थित बसपार्क क्षेत्रमा नारायण नगरपालिकाको सहकार्यमा सरसफाई गरिएको हो । दिवसको अवसरमा बसपार्क क्षेत्रको सरसफाई गर्नुका साथै वातावरण संरक्षणका लागि वृक्षारोपण समेत गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी गणेश बहादुर बरालले वताए ।
सरसफाई कार्यक्रममा नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी, होटल व्यवसायी तथा स्थानीय सर्वसाधारणको समेत उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले समुदायमा प्रहरी प्रतिको विश्वास अभिवृद्धि गर्नुका साथै वातावरणीय सरसफाईमा सचेतना र सकारात्मक सन्देश पुग्ने विश्वास लिएको डिएसपी बरालले वताए ।

