मतदाता नामावलीमा नाम दर्ता गर्न दैलेख प्रशासनकाे अनुरोध

मातृभूमी संवाददाता । ३० असोज दैलेख
जिल्ला प्रशासन कार्यालय दैलेखले मतदाता नामावलीमा आफ्‌नो दर्ता गर्न छुटेका नागरिकलाई नाम दर्ता गर्न अनुरोध गरेको छ । आगामी फागुन २१ हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि आगामी कात्तिक मसान्त सम्म मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका नागरिकलाई नाम दर्ता गर्न दैलेख प्रशासनले अनुरोध गरेको हो ।
दैलेख प्रशासनले www.applyvr.election.gov.np बाट फारम भरी नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिच्न र वायोमेट्रिक दिने व्यवस्था मिलाईएको जनाईएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी हुन मतदाता नामावलीमा नाम दर्ता गर्न अनुरोध गरेको हो ।
यहि भदौ २३ र २४ गतेको जेन्जि आन्दोलन पछि निर्माण भएको अन्तरिम सरकार प्रधानमन्त्री शुसिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघठन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेका थिए । उक्त निर्वाचन प्रायोजनका लागि अहिले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य नियमित चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *