अनलाइनबाट नागरिकता सिफारिस गर्ने कार्य कार्यान्वयन गराउन प्रशासनको आग्रह

मातृभूमी संवाददाता । ३० असोज दैलेख
अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणालीको व्यवस्था गरी छिटो कार्यान्वयन गराउन दैलेखका स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय दैलेखले अनुरोध गरेको छ । एक सार्वजनिक अपिल गर्दै दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले वडा सचिवहरुलाई आधारभूत तालिम दिई कार्यान्वयन गराउन स्थानीय तहलाई आग्रह गरेका छन् ।
असोज २७ गते नारायण नगरपालिकाका ११ वटै वडा सचिव र अन्य पालिकाका सूचना प्रविधि अधिकृतहरुलाई प्रयोगात्मक अभ्यास गराइसकिएकोले कात्तिक पहिलो सातादेखि नारायण नगरपालिका र कात्तिक १५ गतेदेखि अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणालीको कार्यान्वयन गर्न पालिकाहरुले प्रतिवद्धता जनाएका थिए ।
अनलाइनबाट सिफारिस गर्दा नागरिकता वितरणमा छिटो छरितो हुने, हातले लेखी पठाएको जस्तो त्रुटी नहुने, सूचना प्रणाली पनि व्यवस्थित हुने भएकोले गृह मन्त्रालयको राष्ट्रिय पञ्जीकरण विभागले नागरिकता सिफारिस गर्ने प्रणालीलाई ‘केन्द्रीकृत नागरिक सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा लिने व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *