कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटनाः ४ जना घाइते
मातृभूमी संवाददाता । १३ श्रावण दैलेख
दैलेखको गुराँस गाउँपालिका १ मैनिखोलामा फोर्स गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । सुर्खेतदेखि अछाम जाँदै गरेको सु.प्र. ०१–००१ ख ३०७२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।
कर्णाली राजमार्ग अर्न्तगत दैलेखको गुराँस गाउँपालिका १ मैनिखोलामा भएको फोर्स गाडि दुर्घटनामा चालक सहित छ जना यात्रु सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए । दुर्घटनामा परेका ६ जनामध्ये २ जना सकुशल रहेको उनले बताए ।
राजमार्गबाट ३ सय मीटर तल मैनीखोलामा खसेको गुराँस गाउँपालिका १ का वडाध्यक्ष धर्मबहादुर रावलले जानकारी दिए । घाइतेहरूको स्थानीयबासि र तल्लो डुङ्गेश्वर प्रहरी चौकीको टोलीले उद्दार गरेर सुर्खेत पठाइएको जनाईएको छ ।
दुर्घटनाबारे थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिक घटनास्थलतर्फ जानुभएको प्रहरीले जनाएको छ ।

