सुदूरपश्चिम र एलआरआर ग्रुपबीच सम्झौता

मातृभूमी संवाददाता । १२ श्रावण काठमाडौँ
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुपअन्तर्गतको स्काइवेललाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र एलआरआर ग्रुपका प्रबन्ध निर्देशक जीवन शाहीले मंगलबार सम्झौतामा हस्ताक्षर गरे । खड्काले एलआरआर ग्रुपसँगको सहकार्यले उत्साहित रहेको जनाए । उनले यस वर्ष साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ र व्यावसायिक प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा काम गरिने उल्लेख गरे ।
एलआरआर ग्रुपका प्रबन्ध निर्देशक जीवन शाहीले सुदूरपश्चिम रोयल्स एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा सबैभन्दा ठूलो समर्थक आधार भएको, क्रिकेटप्रेमीमाझ लोकप्रिय र बलियो ब्रान्डका रूपमा स्थापित भएकाले दीर्घकालीन सहकार्य गर्ने निर्णय गरिएको बताए । उनले ब्रान्डिङको दृष्टिकोणले पनि यो साझेदारी दुवै पक्षका लागि लाभदायी हुने विश्वास व्यक्त गरे ।
एलआरआर ग्रुपले नेपाली बजारमा आफ्नो प्रिमियम विद्युतीय एसयूभी स्काइवेल नाडा अटो शोमार्फत सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *