वालिका वलत्कार गर्ने युवक पक्राउ

अमित श्रेष्ठ । २७ पौष दैलेख
दैलेख प्रहरीले १४ बर्षीया बालिका बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा गुराँस गाउँपालिका ४ सेरीका २० बर्षीया राजन बिक रहेका छन् ।
सुर्खेत घर भई हाल सेरीमा रहेको आफ्नो मामाघर बस्दै आएकि १४ वर्षिया बालिका परिवर्तित नामथर ६२ दैलेख ‘घ४५’ लाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा राजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
डिएसपी श्रेष्ठका अनुसार यहि पौष २४ गतेका दिन राजनले वालिकालाई जवरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा पौष २६ गते घटना स्थलमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनका अनुसार पक्राउ परेका ती पुरुषलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *