दैलेखमा आन्दोलनकारीको प्रहारवाट ईन्सपेक्टर घाईते

मातृभूमी संवाददाता । १६ असार दैलेख
संसद् विघटनको विरोधमा संयुक्त विद्यार्थी संगठनले दैलेखमा प्रधानमन्त्री केपी र्शमा ओलीको पुत्ला जलाएको छ ।
संयुक्त विद्यार्थी संगठनले दैलेखको लोकतान्त्रिक चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । दोस्रो पटक गरिएको प्रतिनिधि सभा विघटनका विरुद्धमा दैलेखका विद्यार्थी आन्दोलित भएका हुन् ।
विरोध प्रदर्शनका क्रममा उनीहरुले ‘विघटित संसद पुर्नःस्थापना गर, प्रधानमन्त्री केपी शर्मा ओली राजिनामा देउ, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर, शैक्षिक व्यथिति र मनपरी महंगी नियन्त्रण गर’ लेखिएको प्ले कार्ड बोकेका थिए । सडक प्रदर्शनपछि स्थानीय लोकतान्त्रिक चोकमा प्रधानमन्त्रीको पुत्ला जलाइएको हो ।
आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका ईन्सपेक्टर राजेश साहु घाईते भएका छन् । नारायण नगरपालिका अगाडी प्रदर्शन गरिरहेका आन्दोलनकारीको प्रहारवाट ईन्सपेक्टर साहुको टाउकोमा गम्भिर चोट लागेको छ । आन्दोलनकारीवाट कुनै पनि किसिमको तोडफोड नहोस् भन्नका लागी दैलेख प्रहरीले आन्दोलनकारीलाई पछ्याईरहेका वेला आन्दोलनकारीको ढुङ्गा प्रहारवाट ईन्सपेक्टर साहुको टाउकोमा गम्भिर चोट लागेको हो । ईन्सपेक्टर साहुको टाउकोमा ९ वटा टाँका लागेको जानकारी प्राप्त भएको छ ।
ईन्सपेक्टर साहुलाई ढुङ्गा प्रहार गरी घाईते वनाए लगतै झण्डै दुई दर्जन आन्दोलनकारीलाई प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तारमा परेका आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय भित्र प्रहरी दमन मुर्दावाद भन्दै नारावाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *