एमाले उपाध्यक्ष गाैतमले दिए राजीनामा

मातृभूमी संवाददाता । १८ भदाै काठमाण्डाै

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ एमाले पार्टी कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई नेता गौतमले राजीनामापत्र बुझाएका हुन् ।

वरिष्ठ उपाध्यक्ष सहित पार्टीको सम्पूर्ण काम जिम्मेबारी परित्याग गरेको भन्दै गौतमले राजीनामा दिएको उनका स्वकिय सचिव दीपक टमाटाले जानकारी दिए । नेता गौतमले यसअघि नै एमाले विभाजित भएपछि केपी ओलीसँगै पार्टीमा रहन नसक्ने प्रतिक्रिया दिएका थिए । शुक्रबार साँझ नेता गौतम आफैँ पार्टी कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।

राजीनामापत्रमा नेता गौतमले अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशालाई पालना नगरेको र साझा घोषणा लागु नगरेको गुनासो गरेका छन् । साथै सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेका विषयलाई समेत अध्यक्ष ओलीले आफूलाई सुधार नगरेको राजीनामापत्रमा उल्लेख छ । साथै अध्यक्ष ओलीले पार्टीका बिचार सिद्धान्त र कार्यदिशा पालना नगरेको गौतमले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

यस्ताे छ गाैतमकाे राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *