अध्यक्ष शर्माले गरे जन्मदिनमा विद्यार्थीलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण
मातृभूमी संवाददाता । १२ मंसिर दैलेख
लायन्स क्लव अफ दैलेखका अध्यक्ष पुण्यप्रसाद शर्माले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थी खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेका छन् । अध्यक्ष शर्मा लगाएतको टोलीले पन्चकोशी वेद् विद्याश्रम दुल्लु नगरपालिका १० नाभिस्थानमा आयोजित एक कार्यक्रमकाबीच सोमवार खाद्यान्न तथा शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
पछिल्लो समयमा ठूलो रकम खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढेको अवस्थामा खर्चलाई सदुपयोग गर्दै लायन्स क्लव अफ दैलेखका अध्यक्ष पुण्यप्रसाद शर्माले खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गर्नु प्रशंसनीय कार्य भएको क्लवका पुर्व अध्यक्ष खम वहादुर थापाले वताए ।
अध्यक्ष शर्माले आफुले कहिल्यै पनि तडकभडक गरेर जन्मदिन नमनाएको वताउँदै यसवर्ष आफ्नो जन्मदिन पन्चकोशी वेद् विद्याश्रम दुल्लु नगरपालिका १० नाभिस्थानका विद्यार्थीहरुलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेर मनाएको वताएका छन् ।
अध्यक्ष शर्माले भने, “यस वर्षको मेरो जन्मदिन पन्चकोशी वेद् विद्याश्रम दुल्लु नगरपालिका १० नाभिस्थानका विद्यार्थीहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेर मनाएको छु । अन्य साथिहरुलाई पनि आफ्नो जन्मदिन पुण्य काम गरेर मनाउन आग्रह गर्छु । पछिल्लो समय होटेल तथा पार्टी प्यालेसमा खर्चिलो र भड्किलो गरी मनाउने गरिन्छ । फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा कोही कसैलाई सहयोग र आफ्नो जन्मदिन मनाउन सुझाव दिन्छु ।”

