दैलेखमा पहिलो पटक गैरआवासीय नागरिकता वितरण

मातृभूमी संवाददाता । १३ मंसिर दैलेख
दैलेखमा पहिलो पटक गैरआवासीय नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले डुङ्गेश्वर गाउँपालिका ३ का दशरथ खत्रीलाई जिल्लामै पहिलो पटक गैरआवासीय नागरिकता दिएको हो ।
जर्मन बस्दै आएका खत्रीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । खत्रीले पहिले बनाएको नेपाली नागरिकता त्याग गरेसँगै गैरआवासीय नागरिक नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाई छ ।
सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपछि जिल्लाबाट गैरआवसीय नागरिकता लिने खत्री पहिलो व्यक्ति भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । नेपालको संविधान धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *