दैलेखमा संकल्प यात्राको तयारी तिव्र
मातृभूमी संवाददाता । १३ मंसिर दैलेख
नेकपा एमालेले भोलिदेखी सञ्चालन गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई सफल पार्न एमाले दैलेखले तयारी तीव्र पारेको छ । एमाले केन्द्रीय कमिटीको आयोजनामा सञ्चालन हुने संकल्प यात्रालाई सफल पार्न नेकपा एमाले दैलेखले जिल्ला कमिटी र विभिन्न मातहतका पालिका कमिटीले तयारीलाई तीव्र पारेका हुन् ।
एमाले केन्द्रीय कमिटीको निर्देशन अनुसार पार्टीले सञ्चालन संकल्प यात्रालाई सफल पार्न एमाले दैलेख र सम्पूणर् पालिका कमिटीले तयारीलाई तीव्र पारेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं पार्टी कार्यालय सचिव यामनारायण उपाध्यायले बताए ।
समृद्धिका लागि संकल्प यात्रा नारा दिई मध्यपहाडि लोकमार्ग यात्रामा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहने जनाइएको छ । पार्टी केन्द्रको निणर्य अनुसार अहिलेको सरकारले गरेका गलत कामका विषयमा जनता सचेत गराउन र एमालेले लिएको नितिका विषयमा आम नागरिकलाई जानकारी गराउनु संकल्प यात्राको उद्देश्य रहेको उपाध्यायले बताए ।
संकल्प यात्रालाई सफल पार्न एमाले दैलेखले ९० वटै वडा, ११ वटै पालिका, र जिल्ला कमिटीको बैठक एमाले कणर्ाली प्रदेश उपसचिव रवीन्द्रराज शर्माको उपस्थितिमा सम्पन्न भएको उपाध्यायले बताए ।

