दैलेखमा मनाइयो ३२ ओँ अन्तराष्ट्रिय अपाङ्गता दिवस
मातृभूमी संवाददाता । १७ कात्तिक
दैलेखमा ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । हरेक वर्ष डिसेम्बर ३ तारिका दिन विश्वभर विविध कार्यक्रम गरि मनाइँदै आएको अन्तराष्ट्रिय अपाङ्गता दिवस आज दैलेखमा पनि मनाइएको छ ।
दीगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता“ भन्ने राष्ट्रिय नाराका साथ गणेश चोकबाट सुरु भएको र्याली नारायण नगरपालिकाको सभा हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा सफल ६ जना अपाङ्गता भएका व्यक्तिहरू र अपाङ्गताकै क्षेत्रमा काम गर्ने २ वटा संस्थालाई सम्मान पनि गरिएको थियो । यस्तै प्रतिनिधिसभा सदस्य माननीय अमरबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नारायण नगरपालिका दैलेखका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको यस रेडियो मातृभूमीका सहकर्मी जगत व्यञ्जनले जानकारी दिए ।

