मातृभूमी संवाददाता । १८ कात्ति
दैलेखः लोपउन्मुख राउटे समुदायको पोषणका लागि च्याउ उत्पादन सम्बन्धी तालिम संचालन गरिएको छ । ए आईएनलक्जेम्बर्ग र डीसीय नेपालको साझेदारी गुराँस गाउँपालिकाको समन्वय सोसेक नेपालको सहजिकरणमा लोपउन्मुख राउटे समुदायको पोषणका लागि च्याउ उत्पादन सम्बन्धी तालिम संचालन गरिएको हो ।
दैलेखको भैरवी गाउँपालिका वडा नम्बर -५ कागेतडामा रहेका राउटे समुदायको पोषणको लागि च्याउ उत्पादन सम्बन्धी तालिम दिएको सोसेक नेपालद्धारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लाल बहादुर खत्रीले बताए ।
उहाँका अनुसार राउटे समुदायको पोषणका लागि यो तालिमले च्याउ उत्पादनमा राउटे समुदायलाई ठुलो सहयोग गर्ने बताए।च्याउ उत्पादन गर्ने तरिका समुदायले पनि उत्सुकताका साथ सिक्दै आएको उहाँको भनाई छ ।
तालिम सहजिकरणको लागि राउटे समुदायमा पुग्दा सुरुमा राउटे समुदाय उत्सुक नभएको र पछि हामीले च्याउ उत्पादनका लागि गरेको काम देखेर सिक्न उत्साहित भएको डीसीय नेपालको साझेदारीमा सोसेक नेपालद्धारा संचालित ग्रिन कर्णाली परियोजना संयोजक रन्जीता बिसीले बताए । उहाँका अनुसार सुरु सुरुमा सिक्न नखोज्ने, हामीले च्याउ उत्पादनका लागि तयारी गर्दै गरेको देखेपछि पछि जिज्ञासु हुँदै सिक्ने रहेछन् ।
तालिम पश्चात् अब आफैले च्याउ उत्पादन गर्न सक्ने राउटे समुदायकी सम्झना शाही बताउनुहुन्छ । पहिले च्याउ उत्पादन गर्ने तालिम सिकाउन बस्तिमा आउँदा के गर्न आएका हुन् के सामान ल्याएका हुन् भन्ने जानकारी थिएन जिज्ञासा मात्र थियो’, राउटे समुदायकी सम्झना शाहीले बताए ।

