एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्छ : अध्यक्ष ओली

मातृभूमी संवाददाता । १८ कात्तिक
दैलेखः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्ने दाबी गर्नुभएको छ । आइतबार दैलेखकको राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सरकार छाड्नेबित्तिकै देशमा राजनीतिक अस्थिरता छाएको दाबी गरे ।
एमाले हटाएको डेढ वर्षमा राज अस्थिरता छायो । गरिबी र महंगी बढ्यो। एमाले सरकारमा छँदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो। फेरि पनि विकासका लागि एमाले चाहिन्छ ओलीले बताए।
केही मान्छेले पञ्चायतकालीन बेला नै ठिक भएको भन्ने गरेको भन्दै अहिलेको गठबन्धनका कारणमात्रै देशको विकास रोकिएको बताए। अनेकथरी तत्वहरूले अहिलेको लोकतन्त्र भन्दा पञ्चायत नै ठिक थियो भन्न सक्छन्। छिटो विकास भएन होला अहिलेको गठबन्धन सरकारको कारणले विकासले गति लिन सकेन होला। हाम्रो जस्तो देशलाई उर्वर र समृद्ध बनाउन सकिन्छ,ओलीको भनाइ थियो।
उहाँले अब नेपालमा विश्वका मानिसले हेर्न आउनैपर्ने ठाउँ बनाउनुपर्ने र त्यसको नेतृत्व एमालेले गर्ने बताए । विश्वका मानिसले अहिलेजस्तो १० लाख पर्यटक आए होइन, दुनियाँभरका मान्छेले यहाँको विकास, जलस्रोत, श्रमजीवि मानिस, र विद्धानका सन्तानलाई हेर्न जानुपर्छ भन्ने अवस्था बनाउनुपर्छ। एमाले त्यसका लागि नेतृत्व गर्न सक्षम छ,ओलीले बताए ।आज पनि केही मानिसहरू प्रतिगमनतर्फ फर्कने कुरा गर्ने गरेको भन्दै त्यो देश र लोकतन्त्रविरुद्ध भएको पनि बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सोमबार मध्यपहाडी राजमार्ग छोडेर गुराँस गाउँपालिकाको भवन उद्घाटन गर्ने र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने जनसभामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

