राउटे मुखियाले ओलीलाई कोसेली कोसी उपहार


मातृभूमी संवाददाता । १९ मंसिर
लोपोन्मुख राउटे जातीका मुखीया सुर्य प्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसेलीका रुपमा कोसी प्रदान गर्नु भएको छ । बैतडीको झुलाघाटबाट सरु भएको झुलाघाट देखी चियाभञ्ज्याङ समृद्धिका लागी संङल्प यात्रा अभियानका क्रममा दैलेख जिल्लाको गुराँस गाउँपालीकामा प्रवेश गर्ने क्रममा फुलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले आफ्नो समुदायको जिविको पार्जनका लागी बनाउँदै आएको काठबाट बनाएको कोसी उपाहर दिएका हुन् ।

उपाहर ग्रहण पच्चात एमाले अध्यक्ष ओलीले राउटे मुखिया शाहीले आफुले लगाएको फुलको माला निकालेर लगाई दिए । राउटे समुदायको अस्थित बचाउँदै जिवीको पार्जनमा सहज गर्न शिक्षा स्वास्थ्यमा सहज पहँज पुप्याउन नितीगत र कार्यक्रमका हिसाबले पनि सहयोग गर्न तयार रहेको बताए । स्वागत कार्यक्रममा आफ्नो ुसमुदायको पुखौली पेसा नै संकटमा परेको कारण बाँच्न पनि सम्स्या भएको भन्दै एमाले अध्यक्ष ओलीले सहयोग गर्नु होला भने आसमा भेटन आएको राउटे मुखीयाले बताए

कर्णाली प्रदेशका सरकारी कार्यालयमा राखियको सबैभन्दा ठुलो झन्डा उत्तोलन गर्दै पुर्वप्रधानमन्त्री ओलीले गुराँसका स्थानिय नागरिकले गरेको स्वागत ग्रहडण गरे । उक्त कार्यक्रममा पार्टीका वरिष्ट उपाध्यक्ष ईश्रर पोखरेल युराज ज्ञवाली महासचिव शंकर पोखरेल उपमहासचिव प्रदीप ज्ञवाली सचिव गोकणर् विष्ट लगाएतका नेताहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *