सुन्तला खेती गर्ने कृषकलाई एक दिने घुम्ती तालिम

मातृभूमी सवाददाता । १६ जेठ दैलेख
कृषि विकास कार्यालय दैलेखले सुन्तला जातको फलफूलको बगैंचा व्यवस्थापन सम्बन्धी एक दिने स्थलगत घुम्ती तालिम समपन्न भएको छ । डुङ्गेश्वर गाउँपालिका २ मा एक दिने सुन्तला जात फलफूलको बगैंचा ब्यवस्थापन समबन्धी स्थलगत घुम्ती तालिम समपन्न भएको कृषि विकास कार्यालय दैलेखका कृषि अर्थविज्ञ झलक भण्डारीले वताए । सुन्तला खेती गर्ने किसानलाई बिरुवा काँटछाट, सिँचाई, मलखाद व्यवस्थापन, खाल्डा गर्ने तरिका, रोग किरा व्यवस्थापन तथा नियन्त्रण गर्ने लगाएतका विषयमा तालिम दिएको भण्डारीले वताए ।
एक दिने तालिममा बगैंचा भएका किसानहरूलाई व्यवस्थापन र नभएका किसानहरूलाई बगैँचा निर्माण सम्बन्धी तालिमले सुन्तला उत्पादनमा वृद्धि हुनुका साथै हौसाला प्रदान गरेको सुन्तला किसान सुनिल बुढाले बताए । तालिमका सहभागी बुढाले तालिमको प्रभावकारिता बताउँदै कृषिको माध्यमबाट आफूले तालिम सिक्न पाएको र आफूले सिकेको सिप अरुलाई पनि सिकाउने वताए । सिपले आर्थिक रुपान्तरणमा समाजलाई नै सहयोग पुर्‍याउने र कृषकलाई क्रियाशील बनाउने उनले वताए ।


तालिमको सहजिकरण कृृषि विकास कार्यालय दैलेखका कृृषि अर्थविज्ञ झलक भण्डारी, नायव प्राविधिक सहायक दिपक न्यौपाने, प्राविधिक दिपा खत्रीले गरेका थिए । तालिममा ४० जना सुन्तला जातको फलफुल व्यवसायिक कृषकहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *