राउटे युवतीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

मतृभूमी संवाददाता । १७ जेठ दैलेख
राउटे युवतीलाई दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ परेको छ । गुडीरहेको ट्रकमा चार जना युवतीलाई राखेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि प्रहरीले युवकलाई खोजी रहेको थियो । सार्वजनिक भिडियोमा देखिएका व्यक्तिलाई दैलेखको आठवीस नगरपालिकाको टुनिवगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय राकम कर्णालीको टोलीले ति व्यक्तिलाई नियन्त्रणमा लिएको र थप विवरण खुल्न बाँकी रहेको दैलेख प्रहरी प्रमुख बरालले बताए । व्यक्तिको विवरण लिने काम भइरहेकाले आवश्यक कारवाहिका लागि सुर्खेत पठाइने प्रहरी प्रमुख बरालले जानकारी दिए ।
राउटे समुदायका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सोसक नेपालले उजुरी दिएपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो । फेसबुकमा घर्ती जगत नाम भएका प्रयोगकर्ताले १५ सेकेण्डको भिडियो केही दिन अघि सार्वजनिक गरेका थिए । भिडियो कुन ठाउँको हो ? भन्ने स्पष्ट छैन तर पक्राउ गरिएका व्यक्तिसँग सोधपुछ हुनै बाँकी रहेको प्रहरीले जनाएको छ ।
चार जना राउटे युवतीको वीचमा बसेका एक युवाले गलत हर्कत गरिरहेको भिडियामा देख्न सकिन्छ । अंगालोमा हालेर ताजा ताजा भनेपछि राउटे युवतीहरुले असहज मानिरहेको देखिन्छ । भिडियो भाइरल गराउने बहानामा अनावश्यक दुःख दिने र अश्लिल हर्कतले राउटे युवतीहरु असुरक्षित बनेको स्थानीय वुद्धिजीवीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *