कृषि प्रयोगशालाद्धारा फर्मको अनुगमन
मातृभूमी संवाददाता । २१ जेठ दैलेख
कर्णाली प्रदेश एकिकृत कृषि प्रयोगशाला सुर्खेतले दैलेख डुङ्गेश्वर गाउँपालिका २ को एक कृषि फर्म अनुगमन गरेको छ । प्रयोगशाला सुर्खेतका वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुर रोकायको टोलीले वुधवार अन्जना एण्ड लक्ष्मण कृषि तथा पशुपन्छी फर्मको अनुगमन गरेका हो ।
टोलिले फर्ममा लगाईएको तरकारी तथा फलफुलमा लागेको रोगको वारेमा कृषकलाई सल्लाह सुझाव दिएको छ । अनुगमनको क्रममा वरिष्ठ कृषि अर्थ विज्ञ रोकायले पासाेको अध्ययन कार्यक्रमबाट विभिन्न खालका औषधी फर्ममा भण्डारण गरेकाले त्यसको सही सदुपयेग गर्न आग्रह गरेका छन् । अनुगमनका क्रममा विषेशगरी भाले किराहरुलाई पासाेले आकृषित गर्ने भएकाले यस विधिबाट विभिन्न किसिमका किराहरु र घनत्वको बारेमा वरिष्ठ कृषि अर्थ विज्ञ रोकायले सचेत गराएका थिए ।

फर्ममा सिंचाईको समस्या रहेको र सिंचाईका लागी पोखरीको व्यवस्थाका लागि कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेलाई निर्देशन समेत दिएका थिए । किसानलाई प्राङ्गारिक हिसाबले तरकारी तथा फलफुल उत्पादन गरेर लाँकुरीलाई प्राङ्गारिक ठाँउ भनेर चिनाउने र कर्णाली प्रदेशले संचालन गरेको प्राङ्गारिक कृषिको आधार रहने उनले अपेक्षा गरेका छन् ।
यस्तै कर्णाली प्रदेश एकिकृत कृषि प्रयोगशालाका कृषि अधिकृत विनोद खत्रीले जैविक विषादी तथा विभिन्न पाँच वटा रोगको नियन्त्रण बारे कृषकलाई सिकाएका थिए । उनले जैविक विषादी प्रयोग गर्ने तरिकाको बारेमा समेत कृषकलाई जानकारी गराएका थिए ।

अन्जना एण्ड लक्ष्मण कृषि तथा पशुपन्छी फर्मका संचालक ईन्द्र बहादुर विष्टले केहि दिन अघि मातृभूमी अनलाईनमा प्रकाशन भएको समाचारका कारण विज्ञहरुले आफ्नो कृषि फर्म अवलोकन गरेको बताए । विष्टले समाचार प्रकाशन पछी डुङ्गेश्वर गाउँपालिका, २ नं. वडा कार्यालय र कर्णाली प्रदेश एकिकृत कृषि प्रयोगशाला सुर्खेतको सहयोग पाएको जानकारी दिए ।

