दैलेखमा नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न

जित बहादुर थापा (राेशन) । २८ असार दैलेख
नेपाली कांग्रेस दैलेखले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको भूमिकाबारे छलफल गरी कार्यक्रम समपन्न भएको हो । प्रशिक्षण शाखा प्रमुख रिता शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र थापाले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले पार्टीलाई बलियो बनाउन प्रशिक्षणको महत्वबारे प्रकाश पारे । पार्टीलाई मजबुत र सशक्त बनाउन नेता तथा कार्यकर्ताका लागि समयानुकूल प्रशिक्षण आवश्यक पर्ने सभापति मणिराम रेग्मीले बताए ।
जिल्ला, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको प्रेस युनियन दैलेखका सभापति अभिषेक अनुरागले जानकारी दिए । कार्यक्रममा वर्तमा राजनिती अवस्था शिर्षकमा शिक्षक संघ केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, नेपाली काग्रेसको इतिहासमा प्रा. पिताम्बर ढकालले नेपाली काग्रेसको सिद्धान्त राष्ट्रियता लोकतन्त्र समाजबाद विषमा प्रदेश कार्यसमिति सदस्य गोविन्द्र कोईराला प्रशिक्षण दिएका थिए ।

दैलेख सदरमुकाम स्थित जिल्ला समन्वय समितिको हलमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली कांग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री घनश्याम भण्डारी, कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापति पुर्ण बहादुर खत्री, पुर्व माननिय मन्त्री कृष्ण कुमार बि.सी. माननिय ईन्द्रा शाही लगायत १ सय ४५ बढी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *