कर्णाली राजमार्गको कालेखोामा अस्थायी रुपमा सवारी संचालन
मातृभूमी संवाददाता । ११ भाद्र दैलेख
कर्णाली राजमार्ग अर्न्तगत कालिकोटको खाँडाचक्र नगरपालिका २ कालेखोलामा अस्थायी रुपमा सडक सुधार गरिएको छ । पहिरोले सडक भत्किएर अबरुद्ध राजमार्ग अबरुद्ध भएपछि कालिकोट प्रहरीले तत्काल अस्थायी रुपमा साना सवारी साधन आउजाउ गर्न सकिने गरी सडक सुधार गरेको हो ।
दुई दिनदेखि परेको झरीले सडक भत्किएपछि अवरुद्ध सडक अस्थायी रुपमा खुलाएपछि जीप, फोर्स गाडी लगायतका साना सवारी साधन आउजाउको गर्न सकिने बनाइएको कालिकोटका प्रहरी इञ्चार्ज डीएसपी टेकबहादुर रावलले जानकारी दिए ।
यो पहिरोले हुम्ला जाने कर्णाली करिडोर सडकलाई असर नपारेको कालिकोट प्रहरीले जनाएको छ । कालेखोलामा पहिरोले खसेको सडक पनि तलबाट पर्खाल लगाएर बस, ट्रक समेत आउजाउ गर्न सकिने बनाउन समन्वय भइरहेको डीएसपी रावलले बताए ।

