विभिन्न चुनौतीका बाबजुद शिक्षा विधेयक संसदमा टेबल गरियो : सभापति थापा

मातृभूमी संवाददाता । ११ भाद्र दैलेख
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सातै प्रदेश र स्थानीय तहका सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको बताएका छन् । सोसेक नेपालको २८औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै सभापति थापाले सोही आधारमा विधेयकलाई अगाडि बढाउने वातावरण बनेको बताएका छन् ।
सभापति थापाले शिक्षा सम्बन्धी विधेयकलाई अघि बढाउने क्रममा विभिन्न स्वार्थ समूहका दबाब र चुनौतीका कारण केही महिना प्रभावित हुन पुगेको वताए । सभापति थापाले कहिले सरकारले नस्वीकार्ने, कहिले शिक्षक पक्षले नमान्ने गरेको वताउँदै यस्तो अवस्थाले तीन–चार महिना खेर गएको वताए । उनले विभिन्न चुनौतीका बाबजुद राष्ट्र निर्माणका लागि शिक्षा अपरिहार्य भएकाले समिति दृढतापूर्वक अघि बढेको वताए ।
सभापति थापाले संसदको पूर्ण बैठकमा विधेयक प्रस्तुत भइसकेको र अझै सुधार सहित अगाडि बढाउने अवसर रहेको भन्दै सानातिना केही कुरा छुटेको भए भोलिका दिनमा ती बुँदालाई समेट्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *