रेडियोका संचालक समितिमा शाही

मातृभूमी संवाददाता । ५ असोज दैलेख
रेडियो मातृभूमी एफ.एम. दैलेखको संचालक समिति नयाँ गठन गरिएको छ । रेडियोको संचालक समितिको अध्यक्षमा भुपेन्द्र शाही चयन भएका छन् । सामाजिक क्षेत्रमा क्रियाशील पत्रकार शाही यस अघि रेडियोको व्यवस्थापन समितिको संयोजक समेत थिए ।
त्यस्तै, रेडियो संचालक समितिको सदस्यहरूमा पत्रकार महासंघ दैलेखका पुर्वअध्यक्ष यज्ञराज थापा, नारायण नगरपालिका ६ का पुर्व वडाध्यक्ष प्रकाश न्यौपाने, प्याव्सनका केन्द्रिय सदस्य एवं युवा समाजसेवी सुवास कुमार थापा, युवा व्यवसायी राजेशकुमार हमाल चयन भएको रेडियोका स्टेशन म्यानेजर अमर सुनारले वताए । संचालक समितिमा रेडियोका आर्थिक समिती संयोजक नागरिक दैनिकका गोबिन्द के.सि. र ब्यबस्थापन समितिको संयोजक सदस्य रहेका छन् । संचालक समितिमा आर्थिक समिति संयोजक र ब्यबस्थापन समिति संयोजक सदस्य रहने ब्यबस्था छ ।
यस्तै संचालक समितिको सदस्य सचिवमा रेडियोका निर्देशक महेन्द्र सापकोटा र सदस्यमा वरिष्ट कार्यक्रम अधिकृत अभिषेक अनुराग चयन भएका छन् । आईतवार बसेको बैठकले नयाँ संचालक समिति चयन गरेएको रेडियोका स्टेशन म्यानेजर सुनारले वताए ।
रेडियो संचालक समितिका अध्यक्ष शाहीले रेडियोका कार्यक्रमहरुलाई अझ गुणस्तरीय, जनता र आम स्रोताको पक्षमा अझ सशक्त आवाज वुलन्द गर्न सबै पक्ष मिलेर अघि बढ्ने बताए । उनले रेडियोलाई आर्थिक रुपले समेत अझ सशक्त बनाउन नयाँ संचालक समिति जोस र जाँगरका साथ खटिने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *