दैलेखका सरकारी कार्यालयको काम चुस्तदुरुस्त र खर्चमा मितव्यी वनाईने
मातृभूमी संवाददाता । ५ असोज दैलेख
दैलेखमा सरकारी कार्यालयहरुको कामलाई चुस्तदुरुस्त र खर्चमा मितव्यी वनाईने भएको छ । दैलखका प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैह्रेको अध्यक्षतामा आईतबार वसेको नियमित मासिक बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले फिल्डमा गरिने कार्यक्रमहरु कार्य योजना वनाई कार्यक्रम गर्ने र प्रतिवेदन अनिवार्य रुपमा पेश गर्नुपर्ने, सरकारी सवारी साधन व्यक्तिगत काममा प्रयोग गर्न नपाईने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी गणेश विक्रम शाहले जानकारी दिए । सरकारी कार्यालयका मेसिनरी चिज र औजारहरु नियमित मर्मत संभार गर्ने र अति आवश्यक अवस्थामा मात्र खरिद गर्ने निर्णय भएको बताईएको छ ।
दशैं बजारलाई सहज वनाउन स्थानीय तहहरुले ग्रामिण सडकहरु मर्मत तथा सुधार गर्ने, दशैं सुरक्षा र विपद् व्यवस्थापन पुर्व तयारीसँगै विद्युत, टेलिफोन, एम्वुलेन्स जस्ता सेवालाई प्रभावकारी बनाउने र चाडपर्व विदा सकिए लगतै सवै कर्मचारीहरु नियमित सेवामा हाजिर हुने निर्णय भएको सूचना अधिकारी शाहले वताए ।


