दैलेख सदरमुकाममा चहलपहल वढ्यो
मातृभूमी संवाददाता । ६ असोज दैलेख
दैलेख सदरमुकाममा सोमवार चहलपहल वढेको छ । कक्षा १२ को मौका परिक्षा दिन विद्यार्थी गाउँबाट सदरमुकाम आएपछि चहलपहल वढेको हो । हिन्दुहरुको महान पर्व दशैँको पहिलो दिन सोमवार रंगरोगनका साथै किनमेल गर्ने सर्वसाधारण र कक्षा १२ को मौका परिक्षा दिने विद्यार्थीका कारण दैलेख सदरमुकाममा चहलपहल वढेको हो ।
विशेषगरी दैलेख सदरमुकामको देवकोटा चोक, डेकेन्द्र चोक, लोकतान्त्रिक चोक, गणेश चोक र जनक चोक लगाएत दैलेख सदरमुकाममा किनमेल गर्ने सर्वसाधारण र विद्यार्थीको चहलपहल वढेको स्थानीय व्यापारी प्रकाश कुमार वुढाले वताए ।

