दैलेख सदरमुकाममा पानी वितरण

मातृभूमी संवाददाता । ६ असोज दैलेख
दैलेख सदरमुकाममा खानेपानी आपुर्ति गर्दै आएको नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी वितरण गरेको छ । खानेपानीको मुख्य पाइपलाइनमा ओखरबास खण्डमा गएको पहिरोले क्षति पुर्‍याएपछि पानी अवरुद्ध भएको थियो ।
पहिरो बग्न रोकिएपछि मर्मत कार्य गरेर दैलेख सदरमुकाममा रहेको ट्यांकिमा पानी झरेपछि संस्थाले पानी वितरण गरेको हो । संस्थाले पानी वितरण गरेपछि दैलेख सदरमुकामका होटल व्यवसायी तथा स्थानीयले राहत महसुस गरेका छन् ।
चाडपर्वको समयमा सर्वसाधारण चहलपहल बढेको र दुईतीन दिन धारामा पानी नआउँदा समस्या भएको र संस्थाले सोमवार साँझ पानी वितरण गरेपछि राहत महसुस भएको व्यापारी लक्ष्मण न्यौपानेले वताए ।
‘कक्षा १२ को मौका परिक्षा दिने विद्यार्थीले होटल खचाखच भएका वेला र चाडपर्वको वेला होटल अलिअलि चलिरहेका वेला धारामा पानी नआउँदा समस्या भैरहेको थियो ।’ उनले भने, ‘सोमवार साँझ धारामा पानी आउँदा राहत महसुस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *