दशैँको बिदा सकिएसँगै दैलेख सदरमुकाममा चहलपहल बढ्दै
मातृभूमी संवाददाता । २० असोज दैलेख
बडादशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा चलहपहल शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय सहित अन्य सरकारी कार्यालयहरूमा चहलपहल शुरू भएको हो ।
यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो । त्यसपछिका ५ दिन कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो । अब दशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा कर्मचारीको चहलपहल शुरू भएको हो ।
दैलेखमा पनि कर्मचारी आएर काम शुरू गरिसकेका छन् । दशैँमा सुनसान बनेको दैलेख सदरमुकाममा चहलपहल बढेको छ ।

