दैलेखमा मतदाता नामावली संकलनमा कम उत्साह

मातृभूमी संवाददाता । २९ कात्तिक दैलेख
दैलेखमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता संकलनमा नागरिकमा कम उत्साह देखिएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखमा विगतका निर्वाचन भन्दा यो पटक मतदाता नामावली संकलन कम उत्साह देखिएको हो ।
जिल्लामा मतदाता नामावली बनाउन नागरिकको उत्साहजनक सहभागिता नदेखिएको जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्यालय प्रमुख नरबहादुर सलामीले जानकारी दिए । सुरुमा राजनीतिक दलहरूले मतदाता नामावली दर्ता अभियानमा सक्रिय नभएका कारण दर्ता हुनेको संख्यामा कमी भएको कार्यालय प्रमुख सलामीको भनाई छ । अहिले ती दलले अभियान चलाउन थालेपछि ५०/६० जनासम्म मात्र नाम दर्ता गर्न आउने गरेको कार्यालय प्रमुख सलामीले बताए ।
गत चुनावको समयमा दैनिक कम्तीमा १ सयदेखि १ सय ५० जना दर्ताका लागि आउने गर्थे तर यसपालि त्यति उत्साह नदेखिएको कम्प्युटर अपरेटर मदन लामिछानेले बताए । हालसम्म ४ सय ५३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्‌ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *