दैलेख एमालेमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट

मातृभूमी संवाददाता । १५ मंसिर दैलेख
नेकपा एमालेको ११औं महाधिवेशनका लागि दैलेखमा २० जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ । १३ मंसिरमा नै प्रतिनिधि छनोट हुनुपर्ने भए पनि सर्वसहमतिको प्रयास गर्दा आज दिउँसो मात्र प्रतिनिधि टुंगो लागेको एमाले दैलेखका नेताहरूले बताएका छन् ।
नेकपा एमाले दैलेखका अध्यक्ष सुर्यवहादुर शाहीका अनुसार दैलेख १ बाट रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, नैनसिंह खत्री र हिमालयजंग शाह खुल्ला तर्फ चयन भएका छन् । महिला तर्फ तप्ता थापा, लक्ष्मी कुमारी कार्की र खगिसरा वि.सी., युवातर्फ जनक प्रसाद न्यौपाने र दलिततर्फ पार्वती विशुन्के र सशिराम विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।
यस्तै दैलेख २ बाट जिल्ला अध्यक्ष सुर्यवहादुर शाही, रुद्रवहादुर शाही, धीरवहादुर शाही र तिलक रिजाल खुल्ला तर्फ सर्वसम्मत महाधिवेशन प्रतिनिधी चयन भएका छन् । महिला तर्फ विष्णु थापा, कल्पना थापा र नन्दा आचार्य तथा युवा तर्फ शुसिल थापा र दलित तर्फ हिक्मत वि.क. र गमता वि.क. प्रतिनिधि चुनिएका छन् । दैलेख जिल्लामा २० प्रतिनिधिका लागि चार दर्जन भन्दा वढी नेता कार्यकर्ता आकांक्षी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *